अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकको परिमार्जित सुनचाँदी धितो कर्जा

महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आकर्षक सुविधा रहने परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।

बैंकका अनुसार नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ । साथै, सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीका रूपमा पनि प्रयोग गर्न सकिने विकल्प बनेको छ । यही अवस्थालाई मध्यनजर गर्दै विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यो योजनामा कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापन हुने बताइएको छ । यसअन्तर्गत ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् ।

कुनै पनि आधिकारिक बिक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत बैकले कर्जा प्रदान गर्नेछ । यो यो जनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुने बैंकले जनाएको छ । यो सेवा बैंकका न्युरोड, महाराजगन्ज, हेटाँैडा, भैरहवा तथा न्युरोड (पोखरा) शाखामार्फत प्रदान गरिनेछ । सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेस गर्न सकिनेछ ।