पिसाब संक्रमणका कारण ४ दिनदेखि प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान्‌लाई स्वास्थ्य समस्या

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

पिसावको संक्रमणका कारण उनी त्रिवि शिक्षणमा ४ दिनदेखि अस्पताल भर्ना भएको अस्पताल स्रोतले जनाएको छ। ‘पिसाव संक्रमणका कारण गत बिहीबारदेखि अस्पताल भर्ना भएका हुन् । संक्रमण नियन्त्रण गर्न एन्टिवायोटिक औषधि चलाईएको छ, औषधिका कारण पेट फुल्ने जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। सुवेदीलाई यस अघि प्रोष्टेट समस्या देखिएको थियो।