सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बस्याललाई २०८२ पुस २५ गतेदेखि लागू हुने गरी सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालसँग नबिल र सिद्धार्थ बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न पदमा रहेर कार्य गरेका उनी सन् २००५ मा सिद्धार्थ बैंकमा आबद्ध भएका थिए।

सिद्धार्थ बैंकमा बस्यालले प्रबन्धकबाट यात्रा सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ।

बस्याल विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा दख्खल मानिन्छन्। संस्थागत सुशासनलाई प्राथमिकता दिने उनको नेतृत्वमा बैंकले दिगो वृद्धि, उत्कृष्ट ग्राहक सेवा र संस्थागत सुदृढीकरणमा नयाँ उचाइ हासिल गर्ने विश्वास बैंकले लिएको छ।