बेन्कार्डोको ‘साथ सहयोग’ कार्यक्रम सम्पन्न, स्मार्ट किचन होम सोलुसन भर्टिकल सार्वजनिक

काठमाडौं । बहुराष्ट्रिय बाथवेयर तथा होम सोलुसन ब्रान्ड बेन्कार्डोले ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम तथा स्मार्ट किचनका लागि होम सोलुसन भर्टिकलको औपचारिक सार्वजनिकरण गरेको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बेन्कार्डोले होम सोलुसन भर्टिकल सार्वजनिक गरेको हो । बेन्कार्डोले आफ्ना वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र व्यवसायिक सुदृढीकरणप्रतिको प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

सोही अवसरमा कम्पनीले ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरेको छ, जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार गर्नु र अन्तिम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

सन् २००३ मा हङकङमा स्थापना भएको बेन्कार्डोको हाल नेपाल, भारत, कतार तथा युएईमा दर्ता कार्यालय रहेका छन् । नेपालमा कम्पनीले सन् २०१४ देखि औपचारिक रूपमा कारोबार सुरु गरेको हो । चीन र भारतमा उत्पादन इकाइहरू रहेको बेन्कार्डोमा विश्वभर २०० भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् ।

कम्पनीका अनुसार नेपालभर ५ सयभन्दा बढी टचपोइन्ट, १० भन्दा बढी वितरण केन्द्र र २० भन्दा बढी प्राविधिक सहितको सेवा सञ्जालमार्फत छिटो तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । बेन्कार्डोले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘किफायती लक्जरी’ अवधारणामा आधारित बाथवेयर तथा किचनवेयर उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले स्मार्ट किचनका लागि नयाँ होम सोलुसन भर्टिकल सार्वजनिक गरेको हो । यसअन्तर्गत चिम्नी, हब्स, कुकटप तथा गिजरजस्ता उत्पादनहरू समावेश छन् । यी उत्पादनहरू आधुनिक डिजाइन, नवीन प्रविधि र किफायती मूल्यमा नेपाली भान्सा तथा बाथरूमको आवश्यकता अनुसार तयार गरिएको कम्पनीको दाबी छ ।

‘बेन्कार्डो साथ सहयोग’ तथा ‘बेन्कार्डो सहकार्य’ कार्यक्रममार्फत कम्पनीले च्यानल पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै गुणस्तरीय सेवा, विश्वसनीयता र दीर्घकालीन व्यवसायिक सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।