आज मुख्यतया सफा-तराईमा हुस्सु 

हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सोमबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु:कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भू–भागका केही स्थानमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सुरुवाती मापनमा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो आइतबारको तुलनामा थोरै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस देखिएको हो। हिजो आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो।