मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः बढ्दै नयाँ कीर्तिमान कायम भएको छ। एक दिनअघि मात्रै ठूलो उछाल आएको सुनको मूल्य आज पनि प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि हिजो मात्रै सुनको मूल्य एकैदिन ४ हजार १०० रुपैयाँले बढेको थियो।
यससँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज चाँदीको भाउ प्रतितोला १४५ रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
