राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, लगानीको नयाँ अवसर

नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरकाे ऋणपत्र जारी गरेपछि मंगलबार पनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। एक वर्षे अवधिका लागि जारी हुन लागेको यस ऋणपत्रलाई ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ज’ उपकरण प्रयोग गरी जारी गरिनेछ।

आज मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुनेछ र त्यही प्रक्रियाबाट ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यस ऋणपत्रमा क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू आवेदन दिन सक्नेछन्।

ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २९ गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था रहेको छ। न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिनेछ।