चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिनामा वाणिज्य बैंकहरूले सरकारी स्वामित्वमा रहेका संस्थानहरूमा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ। नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांक अनुसार यस्तो ऋण प्रवाह ४५.७ प्रतिशतले बढेको देखिएको छ।
साउनमा बैंकहरूले सरकारी संस्थानलाई कुल ५ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ ऋण दिएका थिए भने मंसिर मसान्तसम्म आइपुग्दा यो रकम बढेर ८ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष समान अवधिमा ऋण २७.८ प्रतिशतले बढेको थियो।
ऋणसँगै ब्याजमा पनि उल्लेख्य वृद्धि भएको छ। पाँच महिनामा ब्याज ५ हजार १७७.५ प्रतिशतले बढेर ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
ऋणको सबैभन्दा ठूलो हिस्सा गैर–वित्तीय संस्थानहरूमा गएको छ। यीमा सिमेन्ट उद्योग, दुग्ध विकास संस्थान, उत्पादनमूलक सरकारी कलकारखाना, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल वायुसेवा निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायतका निकाय समावेश छन्।
गैर–वित्तीय क्षेत्रमा बैंकको ऋण ५२.१ प्रतिशतले बढेर ७ अर्ब ७२ करोड २५ लाख रुपैयाँ पुगेको छ।
विशेष गरी:
-
व्यापारिक क्षेत्र: ५९.३% वृद्धि, ४ अर्ब ८० करोड ९१ लाख
-
सेवा क्षेत्र: ५३.३% वृद्धि, ९९ करोड ९१ लाख
-
अन्य संस्थान: ४१.९% वृद्धि, १ अर्ब ७३ करोड ४९ लाख
उद्योग क्षेत्रमा भने बैंक ऋणमा सामान्य गिरावट देखिएको छ। चालु आर्थिक वर्षको साउनमा २४ करोड ९४ लाख रुपैयाँ उद्योग क्षेत्रको ऋणमा १% कमी आएर २४ अर्ब ६८ करोड रुपैयाँमा पुगेको छ।
वित्तीय क्षेत्रका सरकारी संस्थानमा ऋण स्थिर रहेको देखिन्छ। साउनमा ७० करोड १ लाख रुपैयाँ रहेको ऋण पाँच महिनामा घटेर ६९ करोड ५५ लाख रुपैयाँ पुगेको छ। ब्याज भने ५ हजार ९०० प्रतिशतले वृद्धि भएको छ।
