नेपालमा पहिलो पटक TVS Apache Racing Experience सुरु

नेपालमा पहिलो पटक प्रतिष्ठित TVS Apache Racing Experience (ARE) आयोजना हुँदैछ, जसले देशको मोटरस्पोर्ट्स यात्रामा ऐतिहासिक मोड ल्याउनेछ। यो कार्यक्रम TVS Apache सिरिजको २० वर्षे यात्रासँगै सुरु गरिएको हो, जसले सटीक इन्जिनियरिङ, ट्र्याक-प्रेरित प्रदर्शन र विश्वव्यापी रेसिङ समुदायलाई सम्झन्छ।

TVS Apache Racing Experience ले बाइक मालिकहरूलाई व्यावसायिक प्रशिक्षकको मार्गदर्शनमा प्रशिक्षण पाउने, उन्नत राइडिङ टेक्निक सिक्ने र सुरक्षित वातावरणमा रेस-जस्तो अभ्यास गर्न अवसर प्रदान गर्नेछ। सहभागीहरूले कुनिङ, ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेस पोष्ट्चर र समग्र ह्यान्डलिङ जस्ता महत्वपूर्ण कौशल सिक्नेछन्, जसले Apache बाइकको वास्तविक प्रदर्शन क्षमता उजागर गर्न मद्दत गर्नेछ।

२००५ मा परिचित भएको TVS Apache एशियाका सबैभन्दा चर्चित प्रदर्शन बाइकहरू मध्ये एक हो। यस कार्यक्रमको पहिलो अन्तर्राष्ट्रिय संस्करण नेपालमा सञ्चालन हुँदैछ।

ARE नेपालमा सहभागी हुने विजेताले भारतको चेन्नईस्थित प्रतिष्ठित माद्रास अन्तर्राष्ट्रिय सर्किटमा हुने One-Make Championship मा नेपालको प्रतिनिधित्व गर्ने विशेष अवसर पाउनेछन्।

जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ता भन्छन्, “TVS Apache को २० वर्षको इतिहास मनाउँदै, Apache Racing Experience नेपालका लागि गर्वको क्षण हो। यसले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकासमा योगदान पुर्‍याउनेछ र स्थानीय प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर दिनेछ।”

कार्यक्रम जनवरी १७ मा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर, सातुंगलमा आयोजना हुनेछ। यसमा विशेषज्ञ मार्गदर्शन, टेक्निक-केन्द्रित ड्रिल, सुरक्षा गियर र ब्रिफिङ, सहभागी समुदायसँग अन्तर्क्रिया, खाद्य–पेय स्टल र दर्शकका लागि मनोरञ्जन स्टलहरू उपलब्ध हुनेछन्।

सिर्फ TVS Apache मालिकहरूले मात्र कार्यक्रममा दर्ता गर्न सक्नेछन्। दर्ता सम्बन्धी सम्पूर्ण जानकारी TVS नेपालका आधिकारिक सोशल मिडिया ह्यान्डलमार्फत उपलब्ध छ।

TVS Racing भारतको १९८२ देखि मोटरस्पोर्ट्समा अग्रणी रहेको छ र TVS Apache सिरिजलाई “Track to Road” रणनीतिमार्फत विकास गरेको छ। TVS Motor Company विश्वभर दुई र तीन-पाङ्ग्रे सवारी उत्पादन गर्दै आएको एक प्रतिष्ठित निर्माता कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित उत्पादन र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै आएको छ।