नेपाल बैंकको ६६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न भएको छ। सभामा बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्त २०८२ को वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।

सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, श्री महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त गरेपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ। साथै, नियमनकारी निकायबाट प्रस्तावित संशोधनमा कुनै फेरबदलको सुझाव आएमा सो अनुसार आवश्यक परिवर्तन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पनि भएको छ।