नेपालमा टाटा मोटर्सका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूको लागि विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ।
जनवरी १५ देखि १८ (माघ १ देखि ४) सम्म सञ्चालन हुने चार दिने यो अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने अवसर पाउनेछन्।
अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन प्रदान गर्दै नयाँ गाडीको अनुभव दिनु रहेको छ। योजना अवधिभर टाटाका गाडी बुक गर्ने हरेक ग्राहकले आकर्षक उपहारहरू प्राप्त गर्नेछन् भने आकरशक नगद छुटको सुविधा समेत उपलब्ध हुनेछ।
विशेष गरी विद्युतीय सवारी साधन (ईभी) खरिद गर्न इच्छुक ग्राहकहरूलाई कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सुविधा प्रदान गरेको छ।
