नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठक मा यसबारे निर्णय भएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभामा पारित गरेपछि निर्धारित दरमा लाभांश वितरण हुनेछ।
