नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन् । गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन् ।

