काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा कडाईको गरेको छ । राष्ट्र बैंकले शुक्रबार० एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नयाँ व्यवस्था ल्याएको हो ।
केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा कम निष्कृय कर्जा भएको र न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम भएको लघुवित्त वित्तीय संस्थाहरुले माज्ञ लाभांश वितरण गर्न पाउँने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार वित्तीय संस्थाहरुले लाभांश वितरण गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी तोकिएको प्रतिशतको सीमाभित्र रही लाभांश वितरणको प्रस्ताव गर्नुपर्ने छ ।
यदि, असार मसान्तसम्म ५ प्रतिशत एनपिएल कायम भएका संस्थाले लाभांश वितरणपछिको पुँजीकोष अनुपात १२ प्रतिशतमाथि हुने भए भए २५ प्रतिशतसम्म, पुँजीकोष १० प्रतिशत कायम हुने भएमा २० प्रतिशत, ८ देखि १० प्रतिशतभन्दा कम कायम हुने भए १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
तर, ५ देखि १० प्रतिशतसम्म एनपिएल भएकाले १२ प्रतिशतसम्म पुँजीकोष कायम हुँदा २० प्रतिशत र १० देखि १५ प्रतिशतसम्म एनपिएल भए ५ देखि १५ प्रतिशतमात्रै लाभांश वितरण गर्न पाउने छन् ।
राष्ट्र बैंकका अनुसार लाभांश वितरण गर्नुअघि तोकिएको वैधानिक जगेडा कोष, ग्राहक संरक्षण कोष र अन्य कोषमा रकम जम्मा गरेपछि मात्र बाँकी रहेको नाफाबाट लाभांश बाँड्न पाइने छ ।
