नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ७० पैसा र बिक्रीदर १८१ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा रहेको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा निर्धारित भएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा , बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४० पैसा रहेको छ ।
