कुमारी बैंकले खोल्यो संस्थापक शेयर अवसर

कुमारी बैंक लिमिटेडले १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका अनुसार हाल बिक्रीमा राखिएका यी शेयर बैंकको संस्थापक समूहअन्तर्गतका हुन् र यस चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदका लागि निवेदन दिन पाउनेछन्।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौँको नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेडको कार्यालय तथा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै पनि निवेदन नपरेमा, उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने जानकारी दिएको छ।