प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने २० वटा निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कारबाही गरिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूमा गणेश निर्माण सेवा, किशोर एण्ड नविन कम्पनी एण्ड सप्लायर्स, औतारी निर्माण सेवा तथा सप्लायर्स, भद्रेश्वर निर्माण तथा ढुवानी सेवा, मैनापोखरी कन्स्ट्रक्सन, सुनगाभा कन्स्ट्रक्सन प्रालि, पिपलडाँडा निर्माण सेवा प्रालि, सागर एण्ड शिशिर कन्स्ट्रक्सन, ए. एण्ड ए. कन्स्ट्रक्सन काठमाडौं, भवसागर निर्माण सेवा (बझाङ), दोगडापु दृश्टी निर्माण सेवा (कञ्चनपुर), न्यु साहारा कन्स्ट्रक्सन (डडेलधुरा), पारस हिमाल निर्माण सेवा (दार्चुला), प्रभास कन्स्ट्रक्सन (बैतडी), पुर्चौंडी निर्माण सेवा (बैतडी), महरुद्र निर्माण सेवा (बैतडी), र दुनिर खापर कन्स्ट्रक्सन (बझाङ), प्युठानको लेकाली निर्माण सेवा रहेका छन्।
यी सबै कम्पनीहरूले आगामी १ वर्षसम्म कुनै पनि सार्वजनिक काममा भाग लिन नपाउने व्यवस्था गरिएको छ। साथै, दुबईस्थित एम/एस टर्बर्ट डीएमसीसी र काठमाडौंको टंगालस्थित बिकोई बिल्डर्स तीन वर्षका लागि कालोसूचीमा परेका छन्।
