काठमाडौँका १० मध्ये ८ क्षेत्रमा रास्वपाले लगायो उमेद्वारको टुङ्गो

रास्वपा image_20260119_121916

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका ८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । कुल १० निर्वाचन क्षेत्र रहेको काठमाडौँमा क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै क्षेत्रमा पार्टीले उम्मेदवार तय गरेको हो ।

निर्वाचन क्षेत्र उम्मेदवारको नाम पृष्ठभूमि/विशेषता
क्षेत्र नं. १ रञ्जु दर्शना पूर्व समानुपातिक सूचीबाट हटेर प्रत्यक्षमा आएकी
क्षेत्र नं. २ सुनिल केसी राप्रपाका बागमती प्रदेश सांसद (हाल रास्वपामा)
क्षेत्र नं. ३ राजुनाथ पाण्डे काठमाडौँ महानगरका पूर्व नगर प्रहरी प्रमुख
क्षेत्र नं. ६ शिशिर खनाल पूर्व शिक्षा मन्त्री तथा बहालवाला सांसद
क्षेत्र नं. ७ गणेश पराजुली बहालवाला सांसद
क्षेत्र नं. ८ विराजभक्त श्रेष्ठ पूर्व मन्त्री तथा बहालवाला सांसद
क्षेत्र नं. ९ डिपी अर्याल (डोलप्रसाद) पूर्व मन्त्री तथा पार्टी उपसभापति
क्षेत्र नं. १० प्रदीप विष्ट रास्वपाका युवा नेता