क्रिकेटप्रतिको बढ्दो उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरअन्तर्गत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ का मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
अफर अनुसार करसहित रु. २९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटका लागि कुपन (प्रोमो कोड) प्राप्त गर्नेछन्। प्राप्त कुपन भाटभटेनीको अनलाइन स्टोरमार्फत आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा प्रयोग गर्न सकिनेछ। यस पहलले क्रिकेट प्रेमीलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
अफर अन्तर्गत उपलब्ध मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छन्। यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध छ, जसले देशभरका क्रिकेट प्रेमीलाई सहभागी हुने अवसर प्रदान गर्दछ।
एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफरअन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन्। खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन्। उक्त लिङ्कमा क्लिक गरी मनपर्ने मर्चेन्डाइज छनोट गरी चेकआउटको क्रममा प्रोमो कोड प्रयोग गर्दा छुटको लाभ लिन सकिन्छ। अर्डर पुष्टि भएपछि मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिनेछ।
यो अफर २०२६ मार्च ३१ (२०८२ चैत १७) सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतका मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ। योग्य प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड प्रदान गरिनेछ। प्रोमो कोड साथी वा परिवारका सदस्यलाई दिन सकिने भए पनि नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न मिल्ने छैन।
