ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प इटहरीमा सुरु, पुरानो बाइक अपग्रेडको अवसर

ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा बहुप्रतीक्षित ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प आजबाट सुरू गरेको छ। यो क्याम्प धरान–१५, दशरथपथस्थित बिग फुट फुटसलमा माघ १२ देखि माघ १७, २०८२ (जनवरी २६–३१, २०२६) सम्म सञ्चालन हुने छ।

छ दिनसम्म चल्ने यस क्याम्पमा सबै ब्रान्डका मोटरसाइकल तथा स्कुटरधनीहरूले आफ्नो पुरानो सवारी सजिलै एक्सचेन्ज गरेर प्रिमियम ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने अवसर पाउनेछन्। उक्त क्याम्प नेपालमा ट्रायम्फ मोटरसाइकलका आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको हो।

यस पहलको उद्देश्य नेपालका पूर्वी क्षेत्रका मोटरसाइकल पारखीहरूसँग प्रत्यक्ष जोडिनु र ट्रायम्फ मोटरसाइकलको विश्वस्तरीय प्रदर्शन, डिजाइन तथा समृद्ध विरासत अनुभव गराउनु रहेको बताइएको छ।

एक्सचेन्ज क्याम्पका प्रमुख विशेषताहरू:

  • स्पट एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने।

  • उत्तम मूल्याङ्कन ग्यारेन्टी: प्रयोग भइसकेका दुईपाङ्ग्रे सवारीसाधनका लागि प्रतिस्पर्धी बजार मूल्य सुनिश्चित।

  • सहज फाइनान्स सुविधा: न्यून डाउन पेमेन्ट र ईएमआई विकल्प सहित सजिलो फाइनान्स।

  • टेस्ट राइड अनुभव: खरिद गर्नु अघि ट्रायम्फ मोटरसाइकलको प्रत्यक्ष प्रदर्शन अनुभव गर्ने अवसर।

  • थप मूल्याङ्कन लाभ: एक्सचेन्जमा रु १५,००० सम्मको अतिरिक्त मूल्याङ्कन।

  • प्रिमियम हेल्मेट अफर: प्रत्येक ट्रायम्फ मोटरसाइकल खरिदमा आकर्षक हेल्मेट उपहार।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले अहिलेसम्मको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको र प्रिमियम मोटरसाइक्लिङलाई अझ सुलभ बनाउन पाउँदा र राइडरहरूलाई सहयोग गर्न पाउँदा उत्साहित भएको बताए।

ट्रायम्फ नेपालले देशभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै गएको छ र आगामी दिनमा अझ धेरै ग्राहक–केन्द्रित कार्यक्रमहरू ल्याउने योजना रहेको छ।