एनसेलले ISO 27001 र ISO 27701 प्रमाणपत्र नवीकरण गर्यो

काठमाडौं। नेपालका प्रमुख टेलिकम कम्पनी एनसेलले आफ्नो ISO 27001:2022 (ISMS) र ISO 27701:2019 (PIMS) प्रमाणपत्र सफलतापूर्वक नवीकरण गरेको छ। यस कदमले कम्पनीलाई सूचना सुरक्षा र डाटा गोपनीयतामा अग्रणी बनाउने दाबीलाई थप सुदृढ गरेको छ।

गत वर्ष, एनसेल नेपालमा पहिलो टेलिकम कम्पनी बनेको थियो जसले दुवै प्रमाणपत्र हासिल गरेको थियो। ISO प्रमाणपत्रको नवीकरणले अन्तर्राष्ट्रिय स्तरका मान्यताप्राप्त मापदण्डहरू अपनाएर ग्राहकको जानकारी सुरक्षित राख्ने एनसेलको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

मानक नवीकरण प्रक्रियाअन्तर्गत ISO-प्राधिकृत निकायले एनसेलमा बाह्य अडिटरको माध्यमबाट सर्भिल्यान्स अडिट गरेको थियो। अडिटरले ISO नियन्त्रणहरूसँग मिलाएर मूल्यांकन गरेको र कम्पनीको सूचना सुरक्षा र डाटा गोपनीयता प्रक्रियाहरू ISO मापदण्डअनुसार रहेको पुष्टि गरेको छ। यी प्रमाणपत्र अर्को एक वर्षसम्म वैध रहनेछन्।

एनसेलको नवीकृत ISO प्रमाणपत्रको दायरामा डाटा सेन्टर, ग्राहक सेवा, र IT सेवा समावेश छन्, जसले सुरक्षा र विश्वसनीयतालाई अझ बलियो बनाएको छ।

ISO 27001 प्रमाणपत्रले एनसेलले साइबर खतराबाट ग्राहक र साझेदारको डाटालाई सुरक्षित राख्न बलियो उपायहरू अपनाएको देखाउँछ। ISO 27701 प्रमाणपत्रले व्यक्तिगत डाटा सुरक्षा, डाटा उल्लङ्घन जोखिम न्यूनिकरण, र विश्वव्यापी गोपनीयता अभ्यासहरूसँग अनुपालन सुनिश्चित गर्ने कम्पनीको क्षमता देखाउँछ।

एनसेलका यी प्रमाणपत्रहरूले पारदर्शिता र जिम्मेवारीमा कम्पनीको प्रतिबद्धतालाई झल्काउँछन् र ग्राहकको विश्वासलाई प्राथमिकतामा राखेको पुष्टि गर्छन्। यसले ग्राहकहरूलाई आफ्नो व्यक्तिगत र संवेदनशील डाटा सुरक्षीत र विश्वासपात्र हातमा रहेको आश्वासन पनि दिन्छ।

समग्रमा, एनसेलको ISO प्रमाणपत्र नवीकरणले कम्पनीको डाटा सुरक्षा, गोपनीयता, र व्यापार निरन्तरतामा उच्च मापदण्ड कायम रहेको देखाउँछ।