काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० कायम भएको छ भने चाँदीको मोल रु ७,३०० पुगेको छ।
मङ्गलबारको तुलनामा सुनको मूल्य रु ९,५०० र चाँदीको मूल्य रु ४३० ले बढेको हो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ५,२०० अमेरिकी डलर रहेको छ भने त्यति नै परिमाणको चाँदी १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
