डिजिटल युगमा लेखा–व्यवसायको भविष्यमाथि TiggCon 2026

साना र मध्यम आकारका उद्यम (SME) मा लोकप्रिय लेखा सफ्टवेयर Tigg ले ‘Tigg Conference 2026 (TiggCon 2026)’ आयोजना गर्न लागेको छ। यो सम्मेलनले लेखा र व्यवसाय क्षेत्रमा भइरहेको डिजिटल रूपान्तरण र यसको भविष्यमा हुने प्रभावबारे गहन छलफल गर्ने उद्देश्य राखेको छ।

सम्मेलन माघ १८ (फेब्रुअरी १), आइतबार, दिउँसो ४:०० बजे देखि होटल हिमालय, कुपण्डोल, ललितपुर मा आयोजना हुनेछ। आयोजकका अनुसार सम्मेलनमा प्रविधिमुखी लेखा अभ्यास, डेटा-आधारित वित्तीय प्रणाली, र डिजिटल अर्थतन्त्रमा लेखा फर्महरूको बदल्दो भूमिकामाथि केन्द्रित छलफल हुनेछ।

Tigg CEO, रमेश केसी का अनुसार, सम्मेलनले सहभागीहरूलाई लेखा र व्यवसायको भविष्यप्रति रणनीतिक दृष्टिकोण दिनेछ भने उनीहरूलाई डिजिटल युगमा विश्वास, बुद्धिमत्ता र दीगो विकास निर्माण गर्न सहयोग गर्नेछ।

सम्मेलनमा सहभागी हुन अनिवार्य दर्ता आवश्यक छ। इच्छुकले Tigg वेबसाइट मार्फत दर्ता र थप जानकारी प्राप्त गर्न सक्नेछन्।

“Where Trust, Intelligence and Growth Converge” विषयमा आयोजित यस सम्मेलनले परम्परागत अनुपालन-केन्द्रित लेखा अभ्यासलाई डिजिटल उपकरण, डेटा प्रणाली र व्यवसायसँग निरन्तर अन्तरक्रियाको माध्यमबाट कसरी विकसित गर्न सकिन्छ भन्नेमा प्रकाश पार्नेछ।

सम्मेलनमा ती प्रमुख सत्रहरू सञ्चालन हुनेछन्।

  • पहिलो सत्रमा सुमन पोखरेल, ग्लोबल आईएमई बैंकका डिप्टी CEO, “Trust as Collateral: The Future of Lending Powered by Reliable Financial Data” शीर्षकमा प्रस्तुत गर्नेछन्। सत्रले डेटा-आधारित ऋण प्रणाली, विश्वास-आधारित वित्तीय अभ्यास र बैंक–ऋणी सम्बन्धमा हुने परिवर्तनमा केन्द्रित हुनेछ।

  • दोस्रो सत्रमा अनुभवी चार्टर्ड एकाउन्टेन्ट अरुण राउत “Driving Growth in Accounting Firms: From Compliance to Continuous Business Services” शीर्षकमा प्रस्तुति दिनेछन्। सत्रले लेखा फर्महरूले अडिट र कर सेवा बाहेक निरन्तर मूल्यवान् व्यवसाय सहयोग कसरी प्रदान गर्न सक्छन् भन्ने चर्चा गर्नेछ।

  • अन्तिम सत्रमा मनोज घिमिरे, रारा ल्याब्सका सह-संस्थापक र प्रविधि उद्यमी, “When Software Thinks: The AI-Led Transformation of Business Operations” मा बोल्नेछन्। सत्रले कसरी AI प्रणालीहरूले व्यवसायिक कार्यप्रवाह, निर्णय प्रक्रिया र विस्तार क्षमता परिवर्तन गरिरहेका छन् भन्ने विषयमा प्रकाश पार्नेछ।

TiggCon 2026 मा लेखा पेशेवर, अडिटर, कर तथा सल्लाहकार विशेषज्ञ, SME मालिक, बैंक तथा वित्तीय संस्था प्रतिनिधि, CFO र वित्तीय–व्यावसायिक प्रणालीमा काम गर्ने प्राविधिकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

सम्मेलनले डिजिटल युगमा लेखा र व्यवसायिक सेवाहरूको दायरा विस्तार र नविन प्रविधि अपनाउने दिशामा मार्गदर्शन प्रदान गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।