स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से कारोबार हुने साताको अन्तिम दिन आज बिहीवार करिब ३० अंकले बढेको छ । शेयर बजार २७.१९ अंकले बढेर २,७०८ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ५८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।
कूल ३२६ कम्पनीको ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँ ९१ पैसा बराबरका १ लाख ८ हजार ८१७ कारोबारबाट ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
