नेपाल व्यवस्थापन संघको साधारणसभा सम्पन्न ओझाद्वारा नेतृत्व हस्तान्तरण (तस्बिरसहित)

काठमाडौं । नेपाल व्यवस्थापन संघ (Management Association of Nepal) मा करिब एक दशकसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर योगदान दिएका मोहन ओझाले आज सम्पन्न राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ तथा वार्षिक साधारणसभामार्फत नेतृत्व नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका छन् ।

ओझाले दुई कार्यकाल कार्यसमिति सदस्य, दुई कार्यकाल महासचिव तथा एक-कार्यकाल सभापतिको भूमिकामा रहेर संघको संगठनात्मक सुदृढीकरण, नीतिगत सुधार तथा व्यवस्थापन क्षेत्रमा नेतृत्व विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

आज सम्पन्न राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ तथा साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएसँगै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो । संघमा लामो समयसम्म नेतृत्वदायी भूमिकामा रहेर सेवा गरेपछि उनले संगठनमा नयाँ नेतृत्वलाई अवसर दिँदै सक्रिय जिम्मेवारीबाट विदाइ लिएको बताएका छन्  ।

यस अवसरमा उनले आफ्नो कार्यकालभर सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।