नेपाली टीमको T20 विश्वकप खेल हेर्न निःशुल्क LIVE स्क्रिनिङ आज

काठमाडौं/धनगढी/पोखरा । एक्स्ट्रीम एनर्जी ड्रिंकले आज नेपालको T20 विश्वकप खेलको प्रत्यक्ष प्रसारण (LIVE screening) आयोजना गरेको छ। खेल काठमाडौं, धनगढी र पोखराका प्रमुख स्थानमा स्क्रीनमा हेर्न सकिने छ।

काठमाडौंमा सिफाल ग्राउण्ड र बुद्धा मल्लमा, धनगढीमा जेनेजेड मार्गमा र पोखरामा हल्लान चोकमा खेल प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ। प्रवेश निःशुल्क हुनेछ।

प्रत्यक्ष स्क्रिनिङले दर्शकहरूलाई खेलको रोमाञ्चक अनुभवसाथै आफ्नो साथी र परिवारसँग मिलेर समर्थन गर्न अवसर दिने बताइएको छ। आयोजकले विशेष रूपमा युवा दर्शकलाई आकर्षित गर्न विभिन्न इन्टरएक्टिभ गतिविधिहरू र पुरस्कारको पनि व्यवस्था गरेको छ।

नेपाल क्रिकेट टोलीको प्रदर्शन हेर्न इच्छुक सबै खेलप्रेमीहरूलाई आजका लागि यी स्थानमा उपस्थित हुन आयोजकहरूले आग्रह गरेका छन्।