काठमाडौँ । विश्वको शीर्ष घरेलु उपकरण ब्राण्ड हाइअरले नेपालका लागि आफ्नो ब्राण्ड एम्बासाडरको रुपमा परास खड्कालाई औपचारिक रूपमा नियुक्त गरेको छ।
खड्का, जो नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान र हाल क्रिकेट संघ नेपाल (CAN) का सचिव हुन्, उनले यो सम्झौता हाइअर नेपालका अधिकृत वितरक नियोटेरिक नेपालका निर्देशक संजय गोल्छासँग हस्ताक्षर गरेर गरे।
हस्ताक्षर कार्यक्रममा संजय गोल्छाले भने, “नियोटेरिक परिवारको लागि परास खड्काजस्ता प्रख्यात खेलाडीसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो। हामी हाम्रो प्रयोगकर्तालाई केन्द्रमा राख्दै सफलता तर्फ अघि बढ्ने लक्ष्य राख्छौं।”
परास खड्काले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने, “विश्वभर मान्यता प्राप्त ब्राण्ड हाइअरसँग जोडिन पाउनु मेरो लागि गौरवको क्षण र ठूलो अवसर हो।”
हाइअर विश्वको शीर्ष घरेलु उपकरण ब्राण्ड रहँदै आएको छ। युरोमोनिटर इन्टरनेशनलका अनुसार हाइअरले बिक्री आधारमा १७ वर्ष लगातार विश्व नं. १ ब्राण्डको उपाधि कायम राखेको छ।
हाइअरको प्रमुख श्रेणीगत प्रदर्शन (२०२५) यस प्रकार छ:
-
फ्रिज: १८ वर्ष लगातार नं. १
-
वाशिङ मेसिन: १७ वर्ष लगातार नं. १
-
वाइन कूलर: १६ वर्ष लगातार नं. १
-
फ्रीजर: १५ वर्ष लगातार नं. १
हाइअरले अन्तर्राष्ट्रिय खेलमा लामो समयदेखि लगानी गर्दै आएको छ र लिभरपूल एफसी तथा ATP टूर जस्ता प्रतिष्ठित साझेदारहरूसँग दीर्घकालीन साझेदारी छ। परास खड्कासँगको सहकार्यले हाइअरको नेपालमा खेलकुद र नवप्रवर्तनमा प्रतिबद्धतालाई अझ प्रगाढ बनाएको छ।
नियोटेरिक नेपालले नेपालका उपभोक्ताको आवश्यकता अनुसार हाइअरका गुणस्तरीय तथा नवीनतम प्रविधि उपलब्ध गराउन प्रतिबद्ध रहेको छ।
