सुनमा फेरि चमक

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा पुनः वृद्धि देखिएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेको हो।

मूल्यवृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघिको कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदीको मूल्य भने आज सामान्य घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।