भुजुङ्ग हाइड्रोपावरको आईपीओ सफल बाँडफाँट

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबार बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको हो।

कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

क्यापिटलका अनुसार सो आवेदनमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका छन् भने ४० हजार २८ आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ।

फाइनल नतिजाअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। आईपीओको नतिजा केही समयपछि यहाँ हेर्न सकिने छ।