लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
सभाको प्रारम्भमा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक र शेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
विशेष साधारण सभाले कम्पनीको भविष्यको मार्गचित्र निर्धारण गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने र जारी पुँजी ३५ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
साथै, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि पारित भएको छ।
सभाको अन्त्यमा, माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष प्रवीण कुमार लामा र शेयरधनी रामपुजन रायलाई दिइएको थियो। अध्यक्ष लामाले सम्पूर्ण शेयरधनी र सञ्चालकहरूको सहयोगको प्रशंसा गर्दै कार्यक्रम सफलतापूर्वक समापन गरेका थिए।
