काठमाडौँ । बजाज नेपाल ले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिमा नयाँ डोमिनार ४०० लन्च गरिएको हो।
कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० का नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिँदै यसको आधिकारिक सार्वजनिकरण गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘मनाङ एक्सप्लोरर राइड’ को प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरी यात्राको क्षमता र कठिन भूगोलमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्ने सामर्थ्यलाई जीवन्त रूपमा प्रस्तुत गर्यो। उक्त प्रिमियरपछि उपस्थित दर्शकहरूबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।
नयाँ अपग्रेडेड डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणाली जस्ता अत्याधुनिक प्रविधिहरू समावेश गरिएको छ। यी फिचरहरूले बाइकको सुरक्षा, नियन्त्रण र समग्र राइडिङ अनुभवलाई अझ प्रभावशाली बनाएको बजाज नेपालको भनाइ छ।
उत्साहपूर्ण सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने बजाज नेपालको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ।
सार्वजनिकरणपछि ग्राहकहरूले फागुन ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइड कार्यक्रममार्फत अपग्रेडेड डोमिनार ४०० लाई नजिकबाट अनुभव गर्न सक्नेछन्।
