सुनचाँदी बजारमा उत्साह, मूल्यमा बलियो उकालो

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार एकै दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको सक्रियतासँगै स्थानीय बजारमा पनि सुनको मूल्यले उकालो समातेको व्यवसायीहरू बताउँछन्।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार