कैलालीमा बिग्रिएर सडक छेउमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
बिहीबार बिहान घोडाघोडी नगरपालिका- १ सुखड भालुफाटामस्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको से ६ प ४४३६ नम्बरको मोटरसाइकल सु।प।प्र ०१-००२ त ५१५८ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।
प्रहरीका अनुसार बिग्रेर सडकको बाँयातर्फ रोकि राखेको इन्जिन नभएको ट्रलीमा ठोक्किएर घाइते भएका मोटरसाइकल पछाडी सवार घोडाघोडी नगरपालिका-२ का २४ वर्षीय राधेश्याम चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ३ का २१ वर्षीय शंकर चौधरी र मोटरसाइकलमै सवार घोडाघोडी नगरपालिका( २ का २२ वर्षीय अर्जुन चौधरी घाइते भएका छन्।