आज मार्च १ अर्थात् फागुन १७ देखि हिउँदयाम अर्थात् विन्टर सिजन सकिएर प्रि.मनसुन सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अनुसार फेब्रुअरी महिना सकिएर मार्च १ सुरु भएसँगै नेपालमा प्रि.मनसुन सिजन सुरु भएको हो। प्रि.मनसुन भनेको मनसुन अर्थात् बर्खायाम भित्रिनुभन्दा अघिको सिजन हो।
‘अब मनसुन सुरु नहुँदासम्म यही सिजन रहन्छ। यो सिजनमा चाहिँ हावाहुरी, मेघगर्जन, चट्याङसहित वर्षा हुने हुन्छ, तर प्रि.मनसुन लाग्नेबित्तिकै आजैदेखि त्यस्तो हुन्छ भन्ने होइन। अब बिस्तारै मौसम त्यसतर्फ जान्छ’,।
प्रि.मनसुनमा बिस्तारै तापक्रम पनि बढ्दै जान्छ।
‘तापक्रम बढ्दै जाने बिहान सफा रहेको मौसम साँझपख बादल लाग्ने र मेघगर्जन, हावाहुरीसहित क्षणिक वर्षा हुने हुन्छ। निरन्तर वर्षा भने हुँदैन’, ।
प्रि.मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ।
यसपछि जुन महिनादेखि मनसुन अर्थात् बर्खा लाग्छ। यो सिजन ४ महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ।
मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।
आजको मौसम : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भैरहेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहको छ ।
दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
