काठमाडौं । सरकारले विसं २०८३ सालका लागि सार्वजनिक बिदाको वार्षिक सूची सार्वजनिक गरेको छ। वर्षभर लागु हुने गरी विभिन्न पर्व, दिवस तथा विशेष अवसर समेटेर बिदा निर्धारण गरिएको हो।
सरकारले साप्ताहिक शनिबार बिदासहित राष्ट्रिय पर्वका बिदा, जाति विशेषका पर्व बिदा, महिलाका लागि आरक्षित पर्व बिदा, शिक्षण संस्था बिदा, काठमाडौं उपत्यकाका जात्रासम्बन्धी बिदा, सात वटा विभिन्न दिवस र पाँच वटा जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको छ।
यद्यपि सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष सम्बन्धित कतिपय कार्यालय भने यीमध्ये केही बिदाका दिन पनि खुला रहने जनाइएको छ, जसले अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालनमा रहने सुनिश्चितता गर्दछ।
यसअघि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ का सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कानुनी मान्यता दिन सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।
मन्त्रिपरिषद्का निर्णयहरू राजपत्रमा प्रकाशन नभएसम्म कानुनी वैधता प्राप्त नगर्ने व्यवस्था अनुसार गृह मन्त्रालयले बिदासम्बन्धी सूचना राजपत्रमार्फत सार्वजनिक गरेको हो। अब राजपत्रमा प्रकाशन भएसँगै निर्धारण गरिएका बिदा औपचारिक रूपमा कार्यान्वयनमा आएका छन्।
यस्तो छ वर्षभरीको बिदाको सूची :
