त्रिविले अब फास्ट ट्रयाकमा प्राध्यापक र कर्मचारी भर्ना गर्ने

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

त्रिभुवन विश्वविद्यालयले अब फास्ट ट्रयाकमा प्राध्यापक र कर्मचारी भर्ना गर्ने भएको छ ।
त्रिविका निमित्त उपकुलपति प्राडा खड्ग केसीले
बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा
पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएका
हुन् । त्रिविले बुधबार सूचना प्रकाशन गर्दै
एक हजार ४४२ प्राध्यापकसहित शिक्षक माग
गरेको छ । जसमा ४५० सहप्राध्यापक, आठ सय
उपप्राध्यापक र १९२ प्राध्यापक माग गरिएको छ ।
यसअघि त्रिविले ५५० कर्मचारी माग गरेकोमा
२१ हजारले दरखास्त दिएका छन् । त्रिविका
निमित्त उपकुलपति प्राडा केसीले ठुलो संख्यामा
शैक्षिक जनशक्ति माग गरिएको र उक्त जनशक्ति
लोकसेवाको माध्यमबाट लिइने बताए । ‘लामो समयको अन्तरालपछि त्रिविले यति संख्यामा शैक्षिक जनशक्ति माग गरेको छ, यो
पूर्ण लोकसेवाबाट आउने जनशक्ति हो,’
यो युवा पुस्ताका लागि अवसर भएको बताएका छन् ।’