झापा ५ मा बालेनको अग्रता प्रधानमन्त्री हुने पक्का केपी बा हेरेको हेर्यै

  • Clock icon
    २०८२ फाल्गुन २२, शुक्रबार

सर्वाधिक चासोको साथ हेरिएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अग्रता कायम गरेका छन्।

बालेनले सुरुमै ओलीलाई ८१४ मतले पछि पारेका हुन्।

मतगणनाको पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नमा बालेनले एक हजार चारसय ७६ मत प्राप्त गर्दा सूर्य चुनाव चिह्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन्।

त्यसैगरि श्रमसंस्कृति पार्टीका उम्मेदवारले १३९, नेकपाले ५९, नेपाली कांग्रेसले ४२ र राप्रपा २९ मत पाएका छन्।
यसले गर्दा बालेन प्रधानमन्त्री हुने पक्का देखिएको छ भने केपी बा हेरेको हेर्यैमा परेका छन् ।

  • Clock icon
    २०८२ फाल्गुन २२, शुक्रबार