काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु पौडेलको लज्जास्पद् हार भएको छ।
खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् भने विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।
पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।