आईजीपीबाट हटाए लगत्तै कानूनी सल्लाहमा कार्की सर्वोच्चको यात्रामा

  • Clock icon
    २०८३ कार्तिक १८, बुधबार

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा डा. मनोज केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको र यसलाई कारवाहीको रुपमा लिन नहुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले भने, ‘उहाँलाई कारवाही होइन जिम्मेवारी हेरफेर मात्र गरिएको हो, अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।’

उता, कार्कीले सर्वोच्च जाने तयारी गरेका छन् । आफूलाई गैरकानुनी रुपमा पदबाट हटाइएको भन्दै उनले कानुनी परामर्शमा उत्रिएका छन् ।