रास्वपाले १२४ क्षेत्रमा अग्रता, समानुपातिकमा पनि जोरदार सहभागिता

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ। आज मध्यान्ह १२ बजेसम्मको परिणामअनुसार, गोरखा–१ मा रास्वपाका सुधन गुरुङले २४,०५१ मतसहित अग्रता कायम राखेका छन्। गुरुङले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १०,५४० मतले पछाडि पारेका छन्।

निर्वाचन आयोगका तथ्याङ्क अनुसार हालसम्म १६१ क्षेत्रको मतगणना सार्वजनिक भएको छ। यसअनुसार नेपाली कांग्रेसले १७ क्षेत्रमा अग्रता कायम राखेको छ। इलाम–१ मा निश्कल राईले ११,८६१ मतसहित अग्रता कायम राखेका छन्, उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ११,४८८ मत पाएका छन्।

नेकपा (एमाले) ८ क्षेत्रमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम छ। संखुवासभा–१ मा अर्जुनकुमार कार्की ८११ मतले अघि छन्। नेपाली कम्युनिष्ट पार्टीका ७ उम्मेदवार विजयी भएका छन् भने श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीजुम्ला विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार पनि म्याग्दीमा महावीर पुन २२,८५० मतसहित विजयी भएका छन्।

समानुपातिकतर्फ हालसम्म ८४ लाख ९३ हजार ८६० मत गणना भएको छ। यसमा रास्वपाले ४१ लाख १७ हजार २७८, कांग्रेसले १३ लाख ८२ हजार ३४२, एमालेले ११ लाख ६५ हजार १५, नेकपाले ६ लाख ३ हजार ७८५, श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार ५९८ र राप्रपाले २ लाख ८० हजार ४५८ मत प्राप्त गरेका छन्।

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार