काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो।
सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३१० रुपैयाँले बढेको हो। सोमबार प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको छ।
