सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार

काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्नो १५औं वार्षिकोत्सव महालक्ष्मी–४, वोचुहाईट, ललितपुरस्थित कर्पोरेट कार्यालयमा सोमबार विशेष कार्यक्रममार्फत मनाएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका मुख्य कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी ले गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोलका प्रतिनिधि, संस्थाका उच्च व्यवस्थापनका कर्मचारी, शाखा कार्यालयका कर्मचारी र स्थानिय जनप्रतिनिधिहरु उपस्थित थिए।

संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य ले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रममा वार्षिकोत्सवको उद्देश्य र गतिविधिबारे जानकारी दिएका थिए। कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत पंगेनीले गरेका थिए। उनले दीर्घकालीन सेवा प्रदान गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै, संस्थाले विपन्न वर्गलाई आत्मनिर्भर बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको बताए।

कार्यक्रममा १० वर्ष लगातार सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो। साथै, प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गरी मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण कर्मचारी लक्ष्मी अर्याल ले गरेकी थिइन्। सूर्योदय वोमी लघुवित्त हाल ७ वटै प्रदेशका ५५ जिल्लामा १६७ शाखा कार्यालय मार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार