हिजो बढेको अमेरिकी डलर आज धेरै घट्यो

  • Clock icon
    २०८२ फाल्गुन २७, बुधबार

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य व्यापक मात्रामा घट्दा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको विनिमयर बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा थियो।

अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो सबैजसो मुद्राको मूल्य बढेको थियो।

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ४२पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • Clock icon
    २०८२ फाल्गुन २७, बुधबार