निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। भावी प्रधानमन्त्री एवं रास्वपा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट बनाउने विषयमाथि छलफल थालेका हुन्।
एकलौटी सरकार गठन गर्ने जनादेश पाएको रास्वपाले नयाँ अभ्यास अन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेका छन् । निर्वाचन अघि पनि मन्त्रीहरु संसदभन्दा बाहिर हुनपर्ने धारणा राखेका बालेन अहिले छलफलमा व्यस्त छन् ।
सरकारमा रहेर निष्पक्ष काम गर्नको लागि संसद् बाहिरका सम्बन्धित क्षेत्रका विज्ञ राखेर क्याबिनेट बने बलियो सरकारा हुने बालेनको तर्क छ । यसका लागि उनि लागिपरेका छन् ।
तर, त्यसरी बनाइएका मन्त्री संविधान अनुसार ६ महिनाभन्दा लामो समय पदमा रहन पाउँदैनन्।
लामो समय मन्त्रीमा कायम राख्न संविधान संशोधन गर्नुपर्ने भएकाले अन्य दलले साथ दिनुपर्ने हुन्छ। यसका लागि उनि लागिपरेका छन् । हेरौं राम्रो काम गर्ने सोच बनाएका भावी प्रधानमन्त्रीको लक्ष्य कत्तिको पूरा हुन्छ ।
