इनड्राइभले उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । इनड्राइभले आफ्नो ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड: विश्वासको सम्मान’ कार्यक्रममार्फत क्याब र मोटरसाइकल (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ।

उक्त औपचारिक समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न विधामा विजेताहरूलाई एकै ठाउँमा ल्याइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राई ले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रममा ड्राइभर–पार्टनर र यात्रुबीचको विश्वासलाई सम्मान गर्ने उद्देश्यबारे प्रकाश पारेकी थिइन्।

अवार्ड वितरण समारोहमा विशेष अतिथि प्रियंका कार्की उपस्थित थिइन्। सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभा ले संयुक्तरूपमा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए।

अवार्ड विधा र विजेताहरू:

  • टप परफर्मिङ ड्राइभर पार्टनर– ५ वर्ष: क्याब १०, मोटो १०; प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र योगदानको कदर

  • टप परफर्मिङ ड्राइभर पार्टनर– ३ वर्ष: क्याब १०, मोटो १०; निरन्तर उत्कृष्ट सेवा र समर्पणको सम्मान

  • टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५: पुरुष क्याब १०, पुरुष मोटो १०, महिला क्याब १०, महिला मोटो १०; सन् २०२५ मा उत्कृष्ट प्रदर्शन

कूल ८० जना ड्राइभर–पार्टनर लाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता र काठमाडौँमा शहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको छ।

समारोहको समापन सत्रमा एपीएसी ड्राइभर्स मार्केटिङ लीड योक्षा द्वी एड्रियान्टो ले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिएका थिए।

इनड्राइभले यस पहलमार्फत संख्यामा आधारित प्रदर्शन मात्र नभई इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै नेपालमा प्लेटफर्मको विकासलाई अघि बढाइरहेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार