सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४८०० रुपैयाँले घटेको छ।

शुक्रवार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर शुक्रबार ५ हजार ४९५ रुपैयाँबाट आज ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।