सुनचाँदी सस्तो, बजारमा राहत

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार २ सय रुपैयाँले घट्दै ३ लाख ७ हजार ७०० रुपैयाँमा कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।