प्रभु महालक्ष्मी लाइफले विशेष सभा बोलायो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ले वार्षिक साधारण सभा आह्वान गर्दै चैत १९ गते बिहीबार विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। सभा बिहान ९ बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेट मा आयोजना हुने छ।

कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो। सभाको मुख्य प्रस्ताव कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने रहेको छ।

त्यसैगरी, सभा मार्फत प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले सुझाव वा निर्देशन दिएका खण्डमा आवश्यक थप–घट वा भाषिक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।

विशेष साधारणसभामा सहभागी हुने प्रयोजनार्थ कम्पनीले चैत १२ गते बिहीबार शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ।