एनआइसी एसिया लघुवित्तमा नेतृत्व परिवर्तन

काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशी ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

संस्थाको सञ्चालक समितिको २६०औँ बैठकले जोशीको राजीनामा चैत ८ गते आइतबार बिहान ९:०० बजेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। जोशी २०८१/०४/०३ गतेदेखि सिइओ पदमा कार्यरत रहेका थिए।

उनको राजीनामासँगै संस्थाको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा हालका नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लाई जिम्मेवारी दिइएको छ।

सञ्चालक समितिको निर्णयअनुसार बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि चैत ८ गतेदेखि नै लागू हुने गरी कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ।

संस्थाले नेतृत्व परिवर्तनसँगै सेवा सञ्चालन र व्यवस्थापनमा निरन्तरता कायम रहने विश्वास व्यक्त गरेको छ।