सुजुकीले पोखरामा पहिलो प्रिमियम ई–भिटाराको बुकिङ खुला गर्यो

काठमाडौं । नेपालमा सिजी मोटोकर्पले आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी), सुजुकी ई–भिटारा को बुकिङ आधिकारिक रूपमा खोलिएको घोषणा गरेको छ। यो घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शो मा गरिएको हो।

सुरुवाती मूल्य र उपलब्धता:

  • सुरुवाती मूल्य: रु ४९ लाख ९९ हजार (सीमित अवधिका लागि)
  • उपलब्धता: देशभरका सबै सुजुकी शोरुमहरूमा

मुख्य विशेषताहरू:

  • ब्याट्री विकल्प: ४९ किलोवाट÷आवर र ६१ किलोवाट÷आवर, क्रमशः १०६ र १२८ किलोवाट पावर आउटपुट।
  • ड्राइभिङ मोड: इको, नर्मल, स्पोर्ट्स, र स्नो टेरेन मोड।
  • वान–पेडल ड्राइभिङ र प्रभावकारी रिजेनेरेटिभ मोड।

भविष्य–मुखी डिजाइन र आरामदायी इन्टेरियर:

  • डिजिटल ककपिट, ट्विन–डेक फ्लोटिङ कन्सोल, बिस्पोक स्टेयरिङ ह्वील, मल्टि–कलर एम्बियन्ट लाइट।
  • भेन्टिलेटेड फ्रन्ट सिट र १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट।
  • रियर सिट: ४०:२०:४० स्प्लिट कन्फिगरेसन, रिक्लाइनिङ र स्लाइडिङ सुविधा, सजिलो बुट एक्सेस।

सुरक्षा र प्रविधि:

  • हार्टेक्ट(ई) प्लेटफर्म, ५०% भन्दा बढी हाई–टेन्साइल स्टिल, एडभान्स्ड ब्याट्री सुरक्षा।
  • लेभल २ एडास, ७ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम।

भविष्य योजनाः

  • सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ ईभी मोडेलहरू नेपालमा ल्याउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार, ई–भिटारा नेपालको बजारमा जापानी विश्वसनीयता, उच्च सुरक्षा मापदण्ड र अत्याधुनिक ब्याट्री प्रविधिसहित पहिलो प्रिमियम इलेक्ट्रिक गाडीको रूपमा स्थापित हुनेछ। यसले विद्युतीय गाडी प्रयोगकर्ताहरूलाई नयाँ उचाइको ड्राइभिङ अनुभव र तनावरहित स्वामित्वको सुविधा दिनेछ।